• बैशाख २३ २०८३, बुधबार

ललितपुरमा एकै घरका चार जना मृत फेला

फाल्गुन २३ २०७८, सोमबार

काठमाडौँ। ललितपुरमा एकै घरमा चार जना मृत फेला परेका छन् भने दुई जना अचेत अवस्थमा फेला परेका छन् । कोन्जेसोम गाउँपालिका–४ नल्लुका काइली स्याङतानको घरमा बिहान केहि व्यक्ति मृत र अचेत अवस्थामा फेला परेको वडाध्यक्ष तीर्थ लामाले जानकारी दिए।

उनका अनुसार मृतक चारै जनाको शव पोष्टमार्टका लागि अस्पताल पठाउने तयारी भैरहेको छ।

प्रहरी घटनास्थल पुगिसकेको र घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।