काठमाडौँ। प्रहरीले नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ।
आज जिल्ला अदालत तनहुँले शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो।
यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय माग गरेको थियो। अनुसन्धान नसकिएकाले थप अनुसन्धान गर्न समय थपिएको स्रोतले जनाएको छ।
११ फागुनमा एक नाबालिग गायिकाले आफूलाई बलात्कार गरेको जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले खोजि गरेको थियो। गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा उपस्थित भएका थिए।