काठमाडौँ। बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बनमा परेका छन्। आइतबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनको निलम्बनको सूचना सुनाएका थिए।
एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मुगुका बानियाँ एमालेको समानुपातिकतर्फका सांसद हुन्।