काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ।
बिहान ११ बजेका लागि तय भएको बैठक २ बजेलाई सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।
शुक्रबार राष्ट्रिय सभागृहबाट सुरु भएको बैठक आज बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने छ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ । माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्ययूरो गठन गर्ने बताइएको छ ।