• बैशाख २२ २०८३, मंगलवार

संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको छ : रामचन्द्र पौडेल

फाल्गुन २१ २०७८, शनिबार

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताए ।

‘संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ’, उनले भने । पूर्व सभामुखसमेत रहेका पौडेलले लामो समयसम्म संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताए । निजामती कर्मचारी ऐन दुई वर्षदेखि संसदमा अड्किएर बस्नु दुःखद भएको उनको भनाइ थियो ।