• बैशाख २२ २०८३, मंगलवार

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुद्वारा शपथग्रहण

फाल्गुन २१ २०७८, शनिबार

काठमाडौँ। राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले शपथ ग्रहण गरेका छन्। सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराएका हुन्।

गत माघ १२ गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का पाँच पाँच तथा नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक एकजना निर्वाचित भएका थिए।