• बैशाख २२ २०८३, मंगलवार

एमसीसीबारे कम्युनिस्टले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाए : महामन्त्री थापा

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौं ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसी सम्झौताबारे कम्युनिस्ट नेताहरुले दोहोरो भुमिका खेलेको आरोप लगाएका छन् । उनले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताउदै कम्युनिस्ट नेताहरुले जनतालाई उत्तेजित बनाएको आरोप लगाए ।

नेपाली काँग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले एमसीसी सम्झौतामा कम्युनिस्टले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको  टिप्पणी  गरेका छन ।

काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यति ठुलो परियोजनामा सबैलाई मिलाउन सफल भएको उनको भनाई छ । महामन्त्री थापाले जनताबिच काँग्रेसको परिचय फरक रहेको उल्लेख गर्दै काँग्रेसले सधैँ उत्तेजना फैलाउने नभई चेतना फैलाउने, भड्काउने नभई मिलाउने जस्ता चरित्र देखाउँदै आएको पनि बताए ।

आगामी निर्वाचनमा ठुलो वा सानो जोसुकै नेता भए पनि उसले आफ्नो टोललाई सम्हाल्ने जिम्मा लिनुपर्ने उनले  जोड दिए ।