काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुइनेताको सम्बोधनपछि बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गरेका थिए भने त्यसपछि अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।
बैठकमा आफ्नो लिखित जवाफ पेस गर्दै नेता श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृति रहेको भन्दै आलोजना गरेका छन् । साथै उनले पार्टीभित्र नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठको प्रवृति बढेको भन्दै त्यसबारे असन्तुष्टि जनाउँदै पार्टी अध्यक्षले आफूलाई पार्टी छाड्न भनेको भनाइ समेत कोट्याएका छन् ।
श्रेष्ठकाे धारणासँगै आइतबारसम्मका लागि बैठक स्थगित भएको हो ।
आइतबारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ। आइतबारको छलफलका लागि बैठकमा ६ वटा एजेण्डा पेस भएका छन् ।