• बैशाख २२ २०८३, मंगलवार

एमसीसीको व्याख्यात्मक टिप्पणी भन्दै प्रचण्ड र माधव नेपालले चटक देखाए : आहुति

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले नेपाललाई नवउपनिवेश बनाई चीनलाई घेर्नका लागि ल्याइएको कुरा स्पष्ट भएको बताएका छन् ।

उनले प्रचण्ड र माधव नेपालले व्याख्यात्मक टिप्पणी मार्फत् चटक देखाएको आरोप लगाए । उनले त्यसलाई ठूलो झुठ भएको बताए । उनले भियना कन्भेन्सनको गलत व्याख्या गरेर अमेरिकाले एमसीसी सम्झौता नमानेमा स्वतः खारेज हुने भनेर हुँदै नभएको कुरा गरेर गरेर जनतालाई ढाँटेको आहुतिको दावी रहेको छ ।

उनले यस्ता गलत कुरालाई खण्डन गरेर जाने र एमसीसीका देशघाती कुरालाई जनताले खारेज गरिछाड्ने उनको दावी रहेको छ । प्राकृतिक स्रोतको कब्जा गर्नका लागि एमसीसी ल्याइएको भन्दै उनले बिना छलफल एमसीसी पास गर्नु ठूलो ढोका भएको उनको दावी रहेको छ ।

नारायणकाजी श्रेष्ठतिर लक्षित गर्दै उनले माओवादी केन्द्रमै रहेर एमसीसीको विरोध गरेजस्तो गर्नु बेठिक भएको उनको भनाई रहेको छ । ‘एमसीसी सदनबाट पास भएको तर जनताबाट पास भएको होइन, उनको भनाई रहेको छ ।

नयाँ साम्राज्यवाद नयाँ तरिका नै एमसीसी भएको आहुतिको भनाई रहेको छ । युक्रेनको पक्षमा लागेर शेरबहादुर देउवाले असंलग्न परराष्ट्र नीति भताभुंग पारेको उनको दावी रहेको छ । उनले जनतासित योजनावद्धरुपमा लागेर एमसीसीलाई चक्नाचुर पार्नु पर्ने पनि बताए ।