• बैशाख २२ २०८३, मंगलवार

एमसीसीका गद्दारहरुलाई नेपालमा बस्ने अधिकार छैन : सुशील

फाल्गुन २० २०७८, शुक्रबार

नेकपा माओवादी समाजवादीका संयोजक कर्णजीत बुढोथोकी‘सुशील’ले सदनबाट अमेरिकी एमसीसी पास गर्ने राष्ट्रिय गद्धारहरुलाई नेपालमा बस्ने अधिकार नभएको दावी गरेका छन् ।

उनले एमसीसी सदनबाट पास भएपनि जनताको तर्फबाट यसलाई लागू गर्न नदिने बताए ।

उनीहरुलाई अबको सदनमा अमेरिकी दलालहरुलाई आउनबाट रोक्नका लागि सबै प्रयासहरु गर्नुपर्ने बताए ।

उनले प्रचण्ड र माधव नेपालहरु अमेरिका सामू आत्मसमर्पण गरेको आरोप लगाए । आज ८ दलले एमसीसी विरुद्ध काठमाडौंमा जनसभाको आयोजना गरेका छन् । सभा जारी छ ।