• बैशाख २२ २०८३, मंगलवार

काठमाडौंमा एमसीसी विरुद्ध ८ दलको जनसभा सुरु

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौं । ६ वटा राजनीतिक पार्टीहरुले आयोजना गरेको संयुक्त जनसभा काठमाडौंको खुलामञ्चमा सुरु भएको छ । काठमाडौं उपत्यका तथा उपत्यका बाहीरबाट समेत आएका हजारौं जनताको सहभागितामा सभा गर्न लागिएको हो ।

आजको सभा विप्लप नेकपा, क्रान्तिकारी माओवादी, समाजवादी कम्युनिस्ट पार्टी। नेकपा लगायतका पार्टी तथा २ वटा मोर्चा घटकहरुको तर्फबाट गर्न लागिएको हो ।

सभालाई विप्लव, मोहन वैद्य, आहुति, ऋषि कट्टेल तथा एमसीसी विरुद्धको आन्दोलनमा लागेका एमाले नेता भीमबहादुुर रावल, सिपी गजुरेल, सिपी मैनाली लगायतका कम्युनिस्ट नेताहरुले पनि सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ ।

जुलुस आउनेक्रम जारी रहेको र देउवा सरकार तथा एमसीसी विरुद्ध नाराबाजी सहित सभा सुरु भएको हाम्रा संवाददाता भीम भारतीले जानकारी दिएका छन् ।