• बैशाख २२ २०८३, मंगलवार

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजदेखि सकियो

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौँ। राष्ट्रिय सभामा २० जना सदस्यको पदावधि आज शुक्रबारदेखि सकिएको छ।

नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका एक गरी २० जनाको पदावधि आज शुक्रबारसम्म थियो । यसैबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भईसकेका छन् ।

गत माघ १२ मा भएको निर्वाचनबाट नेपाली कांग्रेसबाट ६,नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमालेबाट एक, जसपाबाट एक, राष्ट्रिय जनमोर्चाबाट एक सांसद निर्वाचित भएका छन् ।

निर्वाचित नयाँ सांसदलाई शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा सपथ खुवाउने कार्यक्रम तय भएको छ ।