काठमाडौं । संयुक्त जनआन्दोलनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलनले एमसीसीविरुद्ध काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे हुने विरोध सभामा सहभागी हुन आह्वान गरेको हो ।
संयुक्त जनआन्दोलनले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने पनि जनाएको छ । पत्रकार सम्मेलनमा नेकपा मालेका नेता सिपी मैनालीले एमसीसी जनताको पक्षबाट असफल भएपनि संसदबाट स्वीकृत भएकोमा आपत्ति जनाए ।
अमेरिकाले कुनै पनि हालतमा एमसीसी सम्झौता संशोधन गर्न मन्जुर नभएको पटक–पटक जानकारी दिँदै आएको र व्याख्यात्मक टिप्पणीको अन्तराष्ट्रिय अर्थ नभएकोले जनताको आँखामा हाल्ने छारो मात्र भएको मैनालीले जिकिर गरेका थिए । संसदबाट पास गरेको व्याख्यात्मक घोषणा पत्रलाई नेता मैनालीले कथित व्याख्यात्मक घोषणाको संज्ञा दिए ।