• बैशाख २३ २०८३, बुधबार

स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता

फाल्गुन १९ २०७८, बिहीबार

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि बजेटको सुनिश्चितता प्राप्त भएको जनाएको छ। बिहीबार पत्रकार सम्मेलनम गरी आयोगले अर्थ मन्त्रालयबाट आठ अर्ब ११ करोड रुपैयाँको सुनिश्चितता प्राप्त भएको जनाएको हो।

स्थानीय तहको निर्वाचनका लागि दर्ता हुन निवेदन दिएका ८० राजनीतिक दलको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको जनाउँदै आयाेगले निर्वाचनमा भाग लिने दलको नाम फगुन २६ भित्र प्रकाशन गर्ने जनाएको छ।

आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि तोकेको छ।