काठमाडौँ। एमाले नेता भीम रावल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। बिहीबार बिहान महासचिव विप्लवु र नेता खड्ग विश्वकर्मा एमाले नेता रावलको निवास टोखा पुगेर भेट गरेका हुन्।
भेटवार्तापछि ट्वीट गर्दै एमाले नेता रावलले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बचाउन विप्लव र नेता खड्ग विश्वकर्माले जोड दिएको बताएका छन् ।
‘आज नेकपाका महासचिव नेत्र विक्रम चन्द ुविप्लवु र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो’, भेटपछि रावलले ट्वीटरमा लेखेका छन्, ‘देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।’