• बैशाख २२ २०८३, मंगलवार

अध्यक्ष प्रचण्ड र श्रेष्ठबीच खुमलटारमा छलफल

फाल्गुन १९ २०७८, बिहीबार

काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ । बिहीबार बिहान नेता श्रेष्ठलाई प्रचण्डले आफ्नै निवास खुमलटारमा बोलाएर आधा घन्टा छलफल गरेका हुन् ।

गत आइतबार एमसीसी संसदबाट अनुमोदन भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीलाई लक्षित गर्दै पार्टीबाट अलग हुनसक्ने अभिव्यक्ति दिएपछि यी दुई नेताबीच दुरी बढेको छ । एमसिसी पारित गर्न नहुने पक्षमा रहेका श्रेष्ठ व्याख्यात्मक घोषणामार्फत एमसिसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष प्रचण्डसँग रुष्ट छन् ।

बिहीबार बिहानको छलफलमा प्रचण्डले पार्टीबाट अलग नहुन श्रेष्ठलाई आग्रह गरेका थिए । तर जवाफमा श्रेष्ठले आफूलाई अलग हुने मन नभएको तर तपाईंले पार्टी छोडेर गए हुन्छ भनिसकेकाले परिस्थिति धेरै बिग्रिसकेको प्रष्ट पारेका थिए।

रुष्ट नारायणकाजीलाई फकाउने प्रयासमा यसअघि अध्यक्ष प्रचण्ड र वर्षमान पुन (अनन्त)ले नारायणकाजीको निवास हात्तीवनमा पुगेर छुट्टाछुट्टै छलफल गरेका थिए । प्रचण्डले एमसिसीमा मतभेद भएपनि अरू विषयमा मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।