काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ। बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाकारी दिए।
बैठकमा एमसिसी पास भइसकेपछिको अवस्थामा कसरी अगाडि बढ्ने, सत्ता गठबन्धनको आगामी बाटो, चुनावी छलफल र समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको बताइएको छ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन्।