काठमाडौं । बागमती प्रदेशसभा बैठक यही फागुन २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो एक सूचना जारी गर्दै बैठकबारे जानकारी गराएको हो ।
यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो । गत पुस ८ गतेदेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।