काठमाडौं । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० निर्णय गरेको छ ।
बुधबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेकाे हाे।
बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनमा न्यायाधीश श्रीकान्त पौडेल, सदस्यमा उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरखेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखरा, बाग्लुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुशीप्रसाद थारुलाई तथा राजश्व न्यायाधीकरण काठमाडौं कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्ने निर्णय गरेको छ ।

