• बैशाख २३ २०८३, बुधबार

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाल्गुन १८ २०७८, बुधबार

काठमाडौँ। सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ​ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।