काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणा नेताहरुलाई सुताउने न्यानो थाङ्नोमात्रै भएको टिप्पणी गरेका छन्।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता खनालले एमसिसी पास हुनु नेपालकै इतिहासमा दुःखद भएको बताए ।
उनले संसदभित्र सांसदहरुलाई राम्रो वातावरणमा छलफल समेत गर्न नदिई जबरजस्ती प्रस्तुत गरिएको र संसदीय प्रक्रियाहरु समेत मिचेर पारित भएको आरोप लगाए । उनले एसमसिसी अनुमोदन भएपनि अब मुलुकभित्र त्यसले नयाँ परिणामहरु समस्याका रुपमा जन्माउँदै जाने दाबी गरे ।
उनले व्याख्यात्मक घोषणाको कुनैपनि कानुनी आधार नरहेको समेत बताए ।