काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ । श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका हुन्।
भेटमा दुई नेताबीच एमसिसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जनाएको छ ।
यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि श्रेष्ठलाई भेट्न उनको निवास पुगेका थिए । भेटमा प्रचण्डले एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरु विषयमा मिलेर जान प्रस्ताव गरेका थिए । तर श्रेष्ठले भने आफूहरुले पार्टी विभाजनको बारेमा सोचिनसकेको भए पनि अध्यक्षले नै निस्केर जाने भए जाऔ भनेर सार्वजनिक रुपमै भनेको भन्दै गुनासो गरेका थिए ।
एमसिसी संसदबाट अनुमोदन भएपछि श्रेष्ठसहित माओवादी केन्द्रका असन्तुष्ट नेताहरूले छलफल तीव्र पारेका छन् ।