• बैशाख २२ २०८३, मंगलवार

नारायाणकाजीलाई मिलेर अगाडी बढ्न प्रचण्डको प्रस्ताव

फाल्गुन १७ २०७८, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता नारायाणकाजी श्रेष्ठलाई मिलेर अगाडी बढ्न प्रस्ताव गरेका छन् ।

मंगलबार (आज) नेता श्रेष्ठलाई भेट्न प्रचण्ड श्रेष्ठ निवास हात्तीवन पुगेका थिए । भेटमा अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा आफुहरुबीचको मतभिन्नतालाई कायमै राखेर बाँकी विषयमा भने मिलेर जान प्रस्ताव गरे ।

श्रेष्ठले भने आफूहरु छुट्टिने निष्कर्षमै भने नपुगेको बताएका छन् । श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयमा बिमति राखेका थिए ।

अध्यक्ष प्रचण्डले आफ्नो पुरानो उक्त अभिव्यक्ति सच्याउने बताएका छन् ।