काठमाडौं । नेकपा एमालेले राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनुलाई ‘ठगी धन्दाको पर्दाफास’ भनेको छ।
आज काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गर्दै एमालेले देशमा पछिल्लो समय भइरहेको घटनाक्रम र सरकारमै रहेर राष्ट्रघाती प्रस्ताव भन्ने र अन्तिममा तिनै दलले एमसीसी पास गर्नुलाई गठबन्धन सरकारको ‘ठगी धन्दाको पर्दाफास’ भएको बताएको हो।
‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिनमा हामीले देख्यौं। अन्तिममा तिनै दलले प्रस्ताव पास गरे। यो घटनाले गठबन्धन सरकारको ठगी धन्दा पर्दाफास भएको छ,’ एमालले भनेको छ ।



