काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनकै निवास पुगेका छन्।
अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनलाई लिएर असन्तुष्ट बनेका नेता श्रेष्ठलाई भेट्न अध्यक्ष ‘प्रचण्ड’ मंगलबार श्रेष्ठ निवास हात्तीवन पुगेको उनको सचिवालयले जनाएको छ।
व्याख्यात्मक घोषणासहित एमसिसी पारित भएपछि नेता श्रेष्ठसहित पूर्व एकताकेन्द्र लाइनका नेताहरूले विद्रोहको संकेत गरिसकेका छन्। त्यही सुइँको पाएपछि प्रचण्ड नेता श्रेष्ठलाई भेट्न पुगेका हुन्।
एमसिसीको पक्षमा उभिने निर्णयविरुद्ध नेता श्रेष्ठसहित लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणि पोखरेल र कृष्णबहादुर महरा लगायतले असन्तुष्टि जनाएका थिए।