• बैशाख २३ २०८३, बुधबार

सेनाको हेलिकाेप्टरमै शिशुको जन्म

फाल्गुन १७ २०७८, मंगलवार

जुम्ला। मुगुकी एक महिलाले नेपाली सेनाको हेलिकाेप्टरमै शिशुलाई जन्म दिएकी छिन । खत्याड गाउँपालिका-४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेकाे हेलिकाेप्टरभित्रै मंगलबार शिशुलाई जन्म दिएकी हुन्।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने क्रममा मंगलबार मुगुबाट सुर्खेत लैजादै गरेकी महिलाले हेलिकाेप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाले जनाएको छ।

आमा र शिशुलाई अहिले प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको