काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसिसीको व्याख्यात्मक घोषणा जनता झुक्याउने कोसिस भएको टिप्पणी गरेको छ । एमसिसी पारित भएको दुइ दिनपछि मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले यस्तो बताएको हो।
‘दुई सरकारबीचको सम्झौता एक पक्षीय रुपमा संशोधन गर्नु र त्यो लागू हुन्छ भन्नु जनतालाई झुक्याउनु हो । एमालेले भनेको छ ।
एमालेले सभामुखले संसद्मा बलमिच्याँइ गरेको आरोप पनि लगाएको छ ।