• बैशाख २३ २०८३, बुधबार

मृग मारेको आरोपमा १ जना पक्राउ

फाल्गुन १७ २०७८, मंगलवार

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका–७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा १ जना पक्राउ परेका छन् । सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ पक्राउ परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिएका छन् ।

श्रेष्ठलाई चैनपुर–७ वालेश्वर गुफाबाट नजिकैबाट पक्राउ गरिएको हो । अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाइराखेको रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरेको खतिवडाले बताए ।

रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट १ थान भरुवा बन्दुकसमेत फेला परेको छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत संखुवासभाबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।