• बैशाख २३ २०८३, बुधबार

सुर्खेतमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा इन्स्पेक्टरसहित डेढ दर्जन प्रहरी घाइते

फाल्गुन १७ २०७८, मंगलवार

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एमसिसी विरुद्धको प्रदर्शन भड्किएपछि सोमबार साँझदेखि लगाइएको कर्फ्यु तोड्दै मंगलबार पनि प्रदर्शन भएको छ ।

प्रदर्शनकारी र प्रहरीबीच आज बिहान झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् भने प्रहरीले दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा प्रहरीहरु घाइते भएका हुन । दुई जना प्रदर्शनकारी पनि घाइते भएको जनाइएको छ ।

सोमबार भएको प्रदर्शन भड्किएपछि स्थानीय प्रशासनले सोमबार राति ८ बजेदेखि आज साँझ ७ बजेसम्मका लागि वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शनकारीले नेपाली कांग्रेस र माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा आगजनी र तोडफोड समेत गरेका थिए ।