• बैशाख २३ २०८३, बुधबार

बाघको छाला र हड्डीसहित एक जना पक्राउ

फाल्गुन १६ २०७८, सोमबार

हुम्ला । हुम्लामा बाघको छाला र हड्डीसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बाघको छाला र हड्डीसहित ताँजाकोट गाउँपालिका–४ उत्तिस्यानीका ३७ वर्षीय सुनिल सार्की पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार अस्थायी प्रहरी चौकी छप्रेलाको टोलीले सुनारलाई पक्राउ गरेको हो । सुनारको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले छाला र हड्डी बरामद गरेको छ ।