• बैशाख २२ २०८३, मंगलवार

नेपाली कांग्रेस चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

फाल्गुन १६ २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसपटक नेपाली काँग्रेसले ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ भन्ने नारा तय गरेको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनको घोषणापत्र छिट्टै सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र छिट्टै सार्वजनिक गर्ने पनि बताए ।

आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उनले जनाए ।