• बैशाख २२ २०८३, मंगलवार

नेपालको संसदबाट एमसिसी पारित भएसँगै चीनले दियो यस्तो प्रतिक्रिया

फाल्गुन १६ २०७८, सोमबार

काठमाडौँ। नेपालको संसदबाट आइताबार अमेरिकी सहायता परियोजना एमसिसी पारित भएपछि उत्तरी छिमेकी राष्ट्र चीनले प्रतिक्रिया दिएको छ।

चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनबिनले नेपालको संसदबाट पारित एमसीसीसँगै ‘व्याख्यात्मक घोषणा’को अध्ययन भइरहेको जनाएका छन्।

चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकास बाटो छनोट गर्न निरन्तर समर्थन दिने बताउँदै उनले एमसिसी भन्दा नेपालकै संविधान माथि हुने पनि विश्वास लिएका छन् ।

अन्तर्राष्ट्रिय विकास र सहकार्यले पारस्परिक समानता र समानताको सिद्धान्तको पालना गर्नुपर्ने, सम्बन्धित मुलुकको सर्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने, अरु मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने, कुनै पनि राजनीतिक पूर्वशर्त नथप्ने, आफ्नो हितका लागि अरु मुलुकको सर्वभौमिकता र हितलाई हानी नपुर्‍याउनुपर्ने कुरामा चीनले धेरै पटकमा जोड दिएको  उनले बताएका छन्।

वाङले नेपालको मैत्रीपूर्ण छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकास बाटो छनौट गर्न निरन्तर समर्थन दिने पनि बताएका छन्।