• बैशाख २३ २०८३, बुधबार

संसद भवन अगाडिको शंकास्पद वस्तु निष्क्रिय परियो

फाल्गुन १६ २०७८, सोमबार

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय परेको छ।

संसद भवन अगाडिको मुख्य सडकमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद बस्तु फेलापरेपछि नेपाली सेनालाई खवर गरिएको थियो । उक्त शंकास्पद प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो।