• बैशाख २३ २०८३, बुधबार

संसद् भवन अगाडि प्रेसरकुकर बम फेला

फाल्गुन १६ २०७८, सोमबार

काठमाडौँ। काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको मुख्य सडकमा प्रेसरकुकर बम फेला परेको छ । सरकारले हिजो साँझ एमसिसी परियोजना संसदबाट पारित गरेपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत आठ दलले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

एमसिसीको विरोध गरिरहेका उनीहरूले नै बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ । संसद भवनको अगाडि राखिएको कुकुरमा नो एमसिसी लेखिएको छ।

शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको बताइएको छ।