काठमाडौँ। संसारको सबैभन्दा ठूलो विमान रुसी आक्रमणमा परेर ध्वस्त भएको छ ।
एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त विमान युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको छ।
राजधानी किभको विमानस्थलमा पार्किङ गरिएको सो विमान आक्रमणमा परेर ध्वस्त भएको छ ।

युक्रेनमा ‘म्रिया’ वा ‘सपना’ नाम राखिएको उक्त विमानलाई ध्वस्त पारे पनि रुसी आक्रमणले युक्रेनको सपना ध्वस्त पार्न नसकिने युक्रेनी परराष्ट्र मन्त्री डिम्रिटो कुलेभाले ट्वीट गरेका छन्।
एन्टोनोभ कम्पनीले जारी गरेको ट्वीटमा सो विमान ध्वस्त भएको भन्ने बारे स्वतन्त्र पुष्टि हुन बाँकी रहेको जनाएको छ ।
कम्पनीका अनुसार विज्ञहरुले निरीक्षण नगरेसम्म प्राविधिक अवस्थाबारे भन्न सकिँदैन। -एजेन्सी