• बैशाख २२ २०८३, मंगलवार

केपी ओली त आँखा चिम्लेर एमसीसी पास गरिदिनेमा थिए : माधव नेपाल

फाल्गुन १५ २०७८, आईतवार

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली  एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका छन् ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सभामुख हटाउने, १४ सांसदलाई हटाउने र प्रधानन्यायाधीशविरुद्धको महाभियोग फिर्ता लिने शर्तमा ओली एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका हुन् ।

‘केपी ओली त आँखा चिम्लेर पास गरिदिनेमा थिए । तर शर्त के ? सभामुख हटाउनुपर्ने, हामी १४ जना सांसदलाई फाल्नुपर्ने, महाभियोग फिर्ता लिनुपर्ने, हाम्रो पार्टी दर्ता खारेज गर्नुपर्ने’ उनले भने ।

नेता नेपालले त्यसपछि व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न आफूहरु तयार भएको बताए ।