• बैशाख २२ २०८३, मंगलवार

५ मिनेट बसेर सकियो मन्त्रिपरिषद् बैठक

फाल्गुन १५ २०७८, आईतवार

काठमाडौं । संसद भवन बानेश्वरमा बसेको मन्त्रिपरिषद् बैठक ५ मिनेट बसेर सकिएको छ।

अमेरिकी सहायता सम्झौता एमसीसीको ११ बुँदे व्याख्यात्मक घोषणालाई संसदमा टेबुल गर्नका लागि मन्त्रिपरिषद् संसद भवनको शंकर हलमा बसेको हो।

यो बैठकले त्यो ११ बुँदे घोषणालाई संसदमा टेबल गर्ने निर्णय लिएको छ।

अहिले संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ। अब दोस्रो बैठकमा सरकाले यो ११ बुँदे व्याख्यात्मक घोषणालाई टेबल गर्नेछ।