काठमाडौँ। प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
दिउँसो ३ बजेबाट सुरु भएको बैठककमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विषयमा सैद्धान्तिक छलफल भएको थियो । छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।
बैठक ६ः३० मा सुरु हुनेछ ।