• बैशाख २२ २०८३, मंगलवार

एमसीसीमा केही घोच्ने खालका भाषा भएपनि पास गर्नुपर्छ : भट्टराई

फाल्गुन १५ २०७८, आईतवार

काठमाडौं । जसपाका नेता बाबुराम भट्टराईले एमसीसीलाई विषाक्त बनाइएको आरोप लगाएका छन् ।

आजको संसद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । एमसीसीका बारेमा जनतामा भ्रममा पारिएको उनले बताए । उनले एमसीसी आफ्नो पालामा अगाडी आएको बताए ।

६६ सालदेखि सबै सरकाकार पालामा एमसीसी बारे काम भइरहेको उनको दावी रहेको छ । यसका बारेमा उनले नैतिक जिम्मेवारी लिने पनि बताए ।

सुरुमा एमसीसी आर्थिक सहायता मात्रै रहेको बताए तर पछिको भाषाका बारेमा आफूलाई पनि चित्त नबुझेको बताए ।

पछिका भाषामा उनलाई मन नपरेको र घोच्ने भाषालाई सच्याउन पर्नेमा उनले बताए । तर एमसीसी लिनका लागि कुनै समस्या नभएको उनको दावी रहेको छ ।