नेमकिपाका नेता प्रेम सुवालले एमसीसीको व्याख्यात्मक प्रवाधान मार्फत् एमसीसी पास गर्नु देशघाती भएको बताएका छन् ।
आजको संसद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । देशघाती सम्झौता पास गर्नुअघि जनतामा व्यापक मात्रामा बहस गर्नुपर्नेमा उनले जोड दिए ।
उनले एमसीसी भारतको लागि अमेरिकाले ल्याएको योजना भएको उनको दावी रहेको छ ।
प्रधानमन्त्री विदेशीको सामू लथ्रक्क परेको उनले आरोप लगाए । अमेरिकाले एमसीसी सैन्य रणनीति हो भन्दा भन्दै किन पास गरेको भन्दै आक्रोस व्यक्त गरे ।