• बैशाख २२ २०८३, मंगलवार

नेताहरुले ‘चिसै पानी’ ले नुहाएपछि माओवादी केन्द्रका कार्यकर्ताले छाडे नयाँबानेश्वर

फाल्गुन १५ २०७८, आईतवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताहरुले बानेश्वर छाडेका छन् । यस अघि निरन्तर संघर्ष गर्दै आएका नेता तथा कार्यकर्ता एमसीसी संसदबाट पारित गर्ने गठबन्धनको निर्णयसँगै प्रदर्शनस्थल नयाँबानेश्वर छाडेका हुन् ।

एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबारदेखि विरोध प्रदर्शन छाडेका हुन् । आफ्ना नेताहरुले एमसीसीको चिसै पानीले नुहाएपछि कार्यकर्ताले ‘चोखोचाखो’ भन्दै नयाँबानेश्वर छाडेका छन् ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि आन्दोलनस्थलबाट एमसीसीको नयाँ व्याख्यातिर लागेका छन् । बानेश्वर क्षेत्रमा अहिले माओवादीबाहेक राप्रपा, नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरणसहितका राजनीतिक दल र संघ संगठन मात्र विरोध प्रदर्शनमा उत्रिएका छन् ।