• बैशाख २२ २०८३, मंगलवार

रुसले तुरुन्त युद्ध बन्द गरेर सैनिक फर्काउनुपर्छ : गौतम

फाल्गुन १५ २०७८, आईतवार

काठमाडौँ। राष्ट्रियसभा सदस्य वामदेव गौतमले रुसले युक्रेनमाथिको आक्रमण तुरुन्त बन्द गरेर सैनिक फिर्ता बोलाउनु पर्ने बताएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै गौतमले शान्तिवार्ताबाट दई राष्ट्रकाबीचको समस्या समाधान हुनुपर्ने धारणा अघि सरेका हुन्।

‘संसारकै दोस्रो महाशक्ति राष्ट्रका रुपमा चिनिएको रुसले यही महिनाको १२ गते बाट स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न युक्रेनका विरुद्ध अन्यायपूर्ण आक्रमक युद्ध शुरु गरेको छ । यो युद्ध दोस्रो विश्वयुद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृत्तिका विरुद्धमा छ । शान्तिपूर्ण बाटोबाट आफ्नो विकास गर्न चाहने नेपाल जस्ता सय भन्दा धेरै राष्ट्रहरुका चाहनाका विरुद्धमा छ । यो अवस्थालाई ह्रदयंगम गर्दै रुसले तुरुन्त युद्ध बन्द गरेर आफ्ना सैनिक फर्काउनु पर्छ ।’ उनले भनेका छन्,’ दुई राष्ट्रका बीचको समस्या समाधान गर्न शान्ति वार्तामा बस्नुपर्छ ।’

गौतमले नेटो सैनिक संगठन भङ्ग गर्न समेत पश्चिमा राष्ट्रहरुलाई आग्रह गरेका छन्।