काठमाडौँ। सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमत जुटेको छ ।याे आजै पारित हुने बताइएकाे छ ।
सत्ता गठबन्धनको सबै दलमा एमसीसीमा शंका रहेका विषयमा टिप्पणी गर्दै एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
बैठकपछि पत्रकारसँग बोल्दै पौडेलले एमसीसी नेपालको संविधान अनुरुप लागू हुने पनि बताए । यो विशुद्ध विकास परियोजना भएको र अमेरिकाको सैन्य रणनीति नभएको उनको भनाइ छ । व्याख्यात्मक टिप्पणीमा याे इण्डाेप्यासिफिक रणानीति अन्तर्गतकाे हाेइन र याे नेपालमा नेपालकाे संविधान नै सर्वाेपरी हुन्छ र यसलाई विकास सहयाेग हाे भन्ने मात्र हामी बुझ्छाैंं भन्ने कुरा समावेश गरी साे बारेकाे छलफल पछि एमसीसीकाे दस्तावेजसँग राखेर सरकारले पेश गर्ने र त्यसलाई अनुमाेदन गरिने बताए । पहिलाे सत्रमा छलफल हुने र दाेस्राेसत्रमा पारित हुने उनले बताए ।