• बैशाख २२ २०८३, मंगलवार

गठबन्धन भत्काएर छाड्ने नेम्वाङको चेतावनी

फाल्गुन १४ २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन भत्किनुको विकल्प नभएको बताएका छन् ।

शनिबार काठमाडौँमा नेकपा एमालेसम्बद्ध कानुन व्यवसायीहरूको सम्मलेनमा उपाध्यक्ष नेम्वाङले वर्तमान सरकार दूषित गठबन्धनबाट बनेको भन्दै भत्किनुको विकल्प नरहेको बताएका हुन् ।

उनले अनैतिक परमादेशबाट बनेको गठबन्धन भत्काएर छाड्ने चेतावनी पनि दिए ।

गठबन्धन तोड्न चाहे पनि आफूहरू सरकार नजानेसमेत स्पष्ट पारे ।