काठमाडौँ। । प्रहरी नियन्त्रणमा परेका ‘म यस्तो गीत गाउँछु–२’का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको छ । शनिबार नयाँ बानेश्वरबाट अभिनेता पल शाहको बारेमा सोधपुछ गर्नका लागि थापालाई प्रहरीले नियन्त्रणमा लिइएको थियो।
प्रहरीले थापालाई अनुसन्धानमा सहयोग गर्न र पलसँग सम्पर्क भए जानकारी दिन आग्रह गरेको बताइएको छ। पल सम्पर्कमा नआएपछि प्रहरीले उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को टीमसँग सोधपुछ कार्य अगाडि बढाएको हो।
बुधबार गायिका समीक्षा अधिकारीले अभिनेता पल शाह विरुद्ध जबरजस्ती करणीको मुद्दामा उजुरी दिएपछि पल फरार छन्। प्रहरीले उनको खोजी तिब्र पारेको छ।