• बैशाख २२ २०८३, मंगलवार

ओली फेरि सत्तामा आए नेपाल सिध्याइदिन्छन् : अध्यक्ष नेपाल

फाल्गुन १४ २०७८, शनिबार

काठमाडौँ। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘केपी शर्मा ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने’ आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरकारले नेपाललाई इन्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दाबी समेत गरे ।

उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो–प्यासिफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताए । नेपाललाई इन्डो-प्यासिफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरे पनि आफूहरुले विरोध गरेर बचाएको उनको तर्क थियो ।

अध्यक्ष नेपालले यथास्थितिमा एमसिसी संसद्‍बाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि दोहोर्‍याए ।