• बैशाख २२ २०८३, मंगलवार

दुई अनलाइन सञ्चारमाध्यम कालोसूचीमा !

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडौं । प्रेस काउन्सिल नेपालले दुई अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै दुई अनलाइन (नेपाल आज डट्कम र सगरमाथाखबर)लाई कालोसूचीमा राखेको हो ।

नेपाल आजले पटक-पटक व्यक्तिगत जीवनमा आँच आउने गरी समाचार लेख्ने गरेको, खण्डन प्रकाशन गर्न दिइएको निर्देशन पालना नगरेको, सचेत र ध्यानाकर्षण गराउँदा पनि सुधार नआएपछि काउन्सिलले कालोसूचीमा राखेको हो।

नेपाल आज डटकमलले अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवर रूपमा प्रायोजित एवम् एकपक्षीय समाचार सम्प्रेषण गरेको, पेशाको चरम दुरुपयोग गरेको र ब्ल्याकमेलिङ गरी चरित्रहत्या गरेको उजुरी काउन्सिलमा परेको थियो।

सगरमाथाखबरलाई भने निर्देशनहरू अवज्ञा गरेकाले कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ।