काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
पोखराबाट काठमाडौं फर्किएका ओलीलाई भेट्न प्रधानमन्त्री देउवा उनको निवास बालकोट पुगेका हुन् ।
प्रधानमन्त्री देउवासँग सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् ।