• बैशाख २२ २०८३, मंगलवार

प्रधानमन्त्री देउवालाई नेपालको आग्रह– हतारमा निर्णय नगर्नुस्

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडौँ। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

उनले नेकपा एमालेले एमसिसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई बर्खास्त गर्नुपर्ने सर्त राखेकोमा दुःख व्यक्त गरे।

अध्यक्ष नेपालले नेकपा एमालेले एमसिसीबारे स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको आरोप लगाए। उनले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसिसीका केही प्रावधान नसच्याएसम्म आफूहरू विपक्षमा रहने स्पष्ट पारेको पनि बताए।

नेपाल इन्डाेप्यासिफक इस्टाटेजीको अंग बन्न नसक्ने पनि उनले बताए। कुनै सैन्य रणनीतिमा, कसैको सुरक्षा रणनीतिअन्तर्गत नेपाललाई पार्न दिने पक्षमा आफूहरू नरहेको उनले बताए। आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई हतारमा निर्णय नगर्न र र केपी ओलीसँग अनैतिक सम्झौता नगर्न भनेको उनले प्रस्ट पारे।