काठमाडौँ। नेकपा माओवादी केन्द्रले यथास्थितिमा अमेरिकी सहायता परियोजना एमसिसी अनुमोदन गर्न नसकिने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले यथास्थितिमा एमसिसी अनुमोदन गर्न नसकिने निर्णय गरेको हो।
यस्तै बैठकले गठबन्धन जोगाउन हरसंभव कोसिस गर्ने निर्णय समेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले यथास्थितिमै एमसिसी अनुमोदन गर्न सत्तासहयात्री दलहरुलाई आग्रह गरिरहेका छन्। एमसिसीबारे सत्ता साझेदारी दलहरुबीच सहमति जुट्न नसकेपछि आजका लागि बोलाइएको संसद बैठक स्थगित भएको छ।